0 COMMENTS

वैशाख २५, अछाम । चट्याङ लागेर अछामा एक बालकको मृत्यु र डडेल्धुरामा एकै घरका तीनजना घाइते भएका छन् । रामारोशन गाउँपालिका- ७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गाैरवको सोमबार राति मृत्यु भएको हो ।

सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए। यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छनभने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।

घाइतेहरूको अवस्था सामान्य रहेको बुझिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।