0 COMMENTS

वैशाख १४, काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । शुक्रबार जिल्ला अदालत, रुपन्देहीमा ४ लाख धरौटी बुझाएपछि उनलाई छाडिएको हो ।

एसपी रञ्जितसिंह राठौरका अनुसार एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् । ‘उनले किन पहिले बुझाएनन् भन्ने थाहा भएन’, राठौरले भने, ‘आज जम्मा गरेपछि अरू मुद्दा नभएकाले छुटेका छन् ।’

दिपेश पुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सीआईबीको दाबी छ । यद्यपि, प्रहरी प्रधान कार्यालय स्रोतले भने पुनले आफैं हाजिर हुने बताएकाले उनलाई तत्काल नियन्त्रणमा नलिइएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।