0 COMMENTS

वैशाख १३, काठमाडौँ । सरकारले यही वैशाख १५ गते इलाम र बझाङ जिल्लामा उपनिर्वाचन गर्न गइरहेको छ । यो उपनिर्वाचनवारे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो धारणा स्पष्ट पार्न एउटा प्रेस वक्तव्य प्रकाशित गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीले पहिले पहिलेका निर्वाचनमा पनि भन्दै आएको तत्थ्य के हो भने प्रतिक्रियावादी सत्ता र संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचनबाट देश र जनताका समस्या समाधान हुन सक्दैन र वर्तमान उपनिर्वाचनवारे पनि पार्टीको सोही धराणा रहेको स्पष्ट पार्दै प्रेस वक्तव्यमा भनिएको छ- “विगतमा बारम्बार हुँदै आएका निर्वाचन र त्यसबाट बनेका सरकारका राष्ट्रघाती तथा जनघाती कुकृत्यले पुष्टि गरेका छन् कि प्रतिक्रियावादी सत्ता र संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचनबाट देश र जनताका समस्या समाधान हुन सक्दैन । देश र जनताले भोग्दै आएका समस्या समाधानको एकमात्र दीर्घकालीन उपाय जन गणतन्त्र नेपालको स्थापना हो ।”

यसरी क्रान्तिकारी कम्युनिस्ट पार्टीले इलाम र बझाङ जिल्लाका मतदाताहरुमा इलाम र बझाङ जिल्लामा हुन गइरहेको उपनिर्वाचन सक्रियरुपमा बहिष्कार गर्न र साथै आम नेपाली जनतामा जन गणतन्त्र नेपालको स्थापनाका लागि अगाडि बढ्न पार्टी प्रवक्ता कञ्चनद्वारा हस्ताक्षरीत प्रेस वक्तव्यमार्फत हार्दिक अपिलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।