0 COMMENTS

वैशाख ७, काठमाडौँ । रुपन्देही जिल्लाको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा ३ दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो । पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।