0 COMMENTS

चैत २७, काठमाडौँ । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (१) मा आगामी बैशाख १५ गते मतदान हुनेछ । उपनिर्वाचनका लागि इलाममा २० जना र बझाङमा १२ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।