0 COMMENTS

चैत २२, सुनसरी । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ को बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । सुनसरी जिल्लाको खनारमा बुधबार सम्पन्न बैठकले नजिकै आउदै गरेको मजदुर दिवस भव्य रुपमा सम्पन्न गर्ने र कारखाना जाऔँ भन्ने चार महिने मजदुर अभियान प्रदेश १ मा पनि तिब्र बनाउने निणर्य गर्दै सम्पन्न भएको हो ।

बैठकको प्रमुख अतिथि रहनु भएका पार्टीका केन्द्रिय सल्लहाकार समितिका सह–संयोजक कमल चौधरीले मजदुर दिवस तथा मजदुर महासंघले चलाएको ४ महिने अभियानलाई सानदार रुपमा सम्पन्न पार्न शुभकामना दिनु भयो ।

बैठकका अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक दिनेश शर्माले मजदुर दिवस भव्यरुपमा सम्पन्न गर्न र मजदुर अभियानलाई प्रदेशका सबै कारखानामा पुर्याउन निर्देशन दिनु भयो । उहाँले मजदुरहरुको तागतले मात्र आमुल परिवर्तन गर्न सक्ने सच्चाइलाई कसैले भुल्न नहुने भन्दै हरेक कारखानामा पुगेर मजदुरको अधिकार दिलाउने काम टे्रड युनियान महासंघले गर्नु पर्ने बताउनु भयो ।

बैठकमा पार्टीका कार्यालय सदस्य तथा प्रदेश १ का इन्चार्ज संयोजक निर्मल, पार्टीका सचिवालय सदस्य तथा प्रदेश १ जनवर्गिय संगठनका फ्याक्सन इन्चार्ज सरल, ट्रेड युनियान महासंघका सचिवालय सदस्य तथा औद्योगीक मजदुर संघका संयोजक भीम प्रसाद पौडेल लगायतले बैठकमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बैठकमा संसदीय व्यावस्थाको मतियार दलाल राज्य व्यावस्थाले बिना कारण १४ दिन सम्म हिरासतमा राखेर रिहाई हुनुभएका भीम पौडेल तथा ट्रेड युनियान महासंघका सचिवालय सदस्य तथा महासंघ प्रदेश १ का सह–संयोजक बद्री पाश्वानलाई स्वागत गरिएको थियो ।

बैठकको अध्यक्षता अखिल नेपाल ट्रेड युनियन महासंघका सचिवालय सदस्य तथा प्रदेश १ संयोजक विष्णु चौधरीले गर्नु भएको थियो भने बैठकको संचालन बद्री पाश्वानले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।