0 COMMENTS

चैत २२, काठमाडौँ । गायक राजेशपायल राई काठमाडौँबाट पक्राउ परेका छन् । बुधबार राति उनीसहित ६ जनालाई प्रहरीले काठमाडौँको देविनगरस्थित मदन भण्डारी कलेज नजिकैबाट पक्राउ गरेको हो । गएराति २ बजे मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । उनीहरूलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।