0 COMMENTS

चैत १८, काठमाडौँ । कर्णालीमा शनिबार दिउँसो ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको छ । दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । चट्याङ लागेर दैलेखको भैरवी गाउँपालिका-६, तोरिमुलका १२ वर्षीय बालिका शर्मिला कँडेलको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताएका छन् ।

चट्याङमा परी घाइते भएकी शर्मिलाको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । तर, उनको बाटोमै मृत्यु भइसकेको हो । साथै त्यहाँ एउटा बाख्रो पनि मरेको प्रहरीले जनाएको छ । हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्‍याएको छ । टिप्नै लागेको गहुँ बालीमा असिनाले क्षति पुर्‍याउँदा किसानहरू भने चिन्तित बनेका छन् ।

असिना राजधानी वीरेन्द्रनगरमा विगत ४-५ वर्षयताको सबैभन्दा धेरै परेको स्थानीयहरूले बताएका छन् । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर वलीले हावाहुरीले विभिन्न ठाउँमा भइरहेको क्षतिबारे जानकारी लिने काम भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।