0 COMMENTS

वैशाख २, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भू राजनीतिको रणमैदान हुन नहुने बताएकी छिन् । चिनियाँ सञ्चार माध्ययम ग्लोबल टाइम्सलाई दिएको अन्तरवार्तामा उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने बगैँचा हुनुपर्ने तर भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताइन् । संसद्ले हालै एमसीसी पारित गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले यस्तो बताएकी हुन् ।

नेपाल र चीन दुबै मुलुकले सडक, विमानस्थल, विद्युतजस्ता पूर्वाधारको निर्माणमा सहकार्य गरेको भन्दै उनले दुई मुलुकबीचको सहकार्यमा कसैले पनि बाधा हाल्न नसक्ने बताइन् । नेपाल चीनको असल छिमेकी र मित्र रहेको उल्लेख गर्दै दुबै मुलुकले एक अर्काको सार्वभौमिकता एवम् भौगोलिक अखण्डताको सम्मान गर्दै आएको समेत बताइन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई प्रतिक्रिया दिँदै उनले नेपाल चीनको असल छिमेकी र मित्र रहेको बताएकी छन् । ‘दुई देशले सधैँ एक–अर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्ने गरेको छ । कसैले पनि अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेका छैनन्,’ यान्छीले भनेकी छन्, ‘अहिलेको विश्व महामारीको अवस्थाबाट बाहिर निस्किएर आर्थिक र सामाजिक विकासका लागि लाग्नुपर्ने चुनौती रहेको छ ।’

हालै चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबाट चीनले नेपाललाई दिएको महत्व र सहयोगको प्रतिविम्ब झल्किने समेत उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।