0 COMMENTS

चैत ५, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ३–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि जोआओ फेलिक्सले, रोबर्ट लेवान्डोस्की र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए । खेलको ३८औँ मिनेटमा जोआओले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४७औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि ६५औँ मिनेटमा लोपेजले गरेको गोलसँगै बार्सिलोना ३–० गोलले विजयी भयो ।

यो जितसँगै बार्सिलोना २९ खेलबाट ६४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको एट्लेटिको ५५ अङ्कसहित पाँचौँ स्थानमा छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ७२ अङ्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।