0 COMMENTS

चैत ५, नवलपरासी । ‘कालोमोसो अभियान’ संचालन गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालले पाल्हीनन्दन गाउँपालिकालाई ७ बुदें ज्ञापन पत्र बुझाएको छ । आइतवार संगठनका प्रदेश सदस्य तथा जिल्ला संयोजक तरुण श्रीस मगरको नेतृत्वमा गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अंन्सारी (सकिना) लाई ज्ञापन पत्र बुझाएको संगठनले जनाएको छ । भष्ट्रचारीलाई कारवाही गरेको भन्दै ‘कालोमोसो’ दल्ने उक्त संगठनले भष्ट्रचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सरावल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको हो ।ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरुको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने माग समेत समाबेश गरिएको छ ।

साथै, गाउँपालिकाले संचालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरु हावी भएको भन्दै खरिद ऐनलाई अक्षरशः पालना गर्न माग गरिएको छ । त्यस्तै गाउँपालिकामा पर्यटनको निकै सम्भावना रहेको भन्दै त्यसका लागि पर्यटन क्षेत्रको एकीकृत गुरुयोजना बनाउन संगठनले माग गरेको संयोजक तरुण श्रीस मगरले जानकारी दिनुभयो ।

त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने, युवा तथा खेलकुदको क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने लगायतमा माग ज्ञापन पत्रमा छ । राष्ट्रिय, जनतन्त्र र जनजिबिका संग सम्बन्धित माग पत्र लिएर संगठनका जिल्ला संयोजक तरुण श्रीस, संगठनका कार्यालय सदस्य आकाश गौतम सहितको टोली पाल्हीनन्दन गाउँपालिकाको कार्यालय बेलाशपुर पुगेको थियो । टोलीमा पार्टीका केन्द्रीय सदस्य एंव जिल्ला संयोजक रवि पाण्डेय समेत सहभागी रहनुभएको थियो ।

सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, पर्यटनलगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ । टोलीलाई पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंन्सारी(सकिना)ले धेरै मागहरु पालिकाको नीति कार्यक्रममा समाबेश भएको दावी गर्दै संगठनका मागलाई कार्यपालिकाको बैठकमा लैजाने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।