0 COMMENTS

चैत २, नवलपरासी । ‘कालोमोसो अभियान’ सञ्चालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले सरावल गाउँपालिकालाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार सङ्गठनका प्रदेश सदस्य तथा जिल्ला संयोजक तरुण श्रीस मगरको नेतृत्वमा गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीलाई ज्ञापनपत्र बुझाएको सङ्गठनले जनाएको छ । भष्ट्रचारीलाई कारवाही गरेको भन्दै ‘कालोमोसो’ दल्ने उक्त सङ्गठनले भष्ट्रचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सरावल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरूको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने मागसमेत समाबेश गरिएको छ । साथै, गाउँपालिकाले सञ्चालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरू हावी भएको भन्दै खरिद ऐनलाई अक्षरशः पालना गर्न माग गरिएको छ ।

त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरू सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने, युवा तथा खेलकुदको क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने लगायतमा माग ज्ञापन पत्रमा छ । राष्ट्रिय, जनतन्त्र र जनजिबिकासँग सम्बन्धित मागपत्र लिएर सङ्गठनका जिल्ला संयोजक तरुण श्रीस, पार्टीका प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज दुर्गा नारायण चौधरी, सहितको टोली सरावल गाउँपालिकाको कार्यालय पुगेको थियो । टोलीमा पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक रवि पाण्डेय, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटा लगायतको बिशेष उपस्थिति थियो । सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ ।

टोलीलाई सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले धेरै मागहरू पालिकाको नीति कार्यक्रममा समाबेश भएको दावी गर्दै मागहरूलाई बजेट ब्यवस्था गर्दै क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।