0 COMMENTS

चैत २, रौतहट । रौतहटमा ग्लोबल आईएमई बैंकमा लुटपाट भएको छ । सीमासँग जोडिएको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुटपाट भएको हो । शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित ३ जनाको सङ्ख्यामा आएका लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।

सो क्रममा बैंकका कर्मचारी नितेश साहलाई बैंकबाट बाहिर निकालेर अभियुक्तहरुले गोली प्रहार गरेका छन् । गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी इलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको र लुटपाटमा संलग्नलाई पनि पक्राउ गरिएको बताइन् ।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले घटनाको केही बेरमा नियन्त्रणमा लिएको हो । प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।