0 COMMENTS

फागुन ३०, काठमाडौँ । भक्तपुर, मध्यपुर थिमि नगरपालिका ४ शंखधरचोक स्थित सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था महिला तथा सामाजिक उपसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११४औं अन्तर्राष्ट्रिय नारी दिवस एवं ६७ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा गरिएको उक्त कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित ८औं खुला रक्तदान कार्यक्रममा पुरुष २४ र महिला १२ गरी ३६ जना रक्तदाताले रक्तदान गरे । रक्तदाताहरुलाई संस्थाका अध्यक्ष राजेश श्रेष्ठ लगायत पदाधिकारीहरुले प्रमाणपत्रद्धारा सम्मान गरे । उक्त कार्यक्रमको प्राविधिक सहयोग रेडक्रस भक्तपुर र स्वयंसेवी रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।