0 COMMENTS

फागुन १३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा १३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ९२ हजारले बढेको छ ।

काठमाडौं महानगरपालिकाले माघ महिनामा विभिन्न शीर्षकबाट ६१ करोड ३५ लाख २८ हजार २९८ रुपैयाँ आम्दानी संकलन गरेको बताएको छ । गत वर्ष सोही अवधिमा ५४ करोड २३ लाख ३६ हजार ९६ रुपैयाँ आम्दानी संकलन भएको महानगरपालिकाले जनाएको छ ।

यस वर्ष माघ महिनामा सम्पत्ति करवापत् ४ करोड ३३ लाख ३५ हजार ९६५ रुपैयाँ संकलन भएको छ । घरबहाल करवापत् १८ करोड ५ लाख५४ हजार २१४ रुपैयाँ संकलन भएको छ । त्यस्तै, पर्यटन शुल्क ९७ लाख ९१ हजार रुपैयाँ संकलन भएको छ। नक्सा पास दस्तुरवापत् ५ करोड ५५ लाख ३६ हजार ८८० रुपैयाँ संकलन भएको छ। यसैगरी व्यवसाय दर्तावापत् ४ करोड ३८ लाख ४५ हजार ९४५ रुपैयाँ उठेको छ ।

प्रशासनिक सेवा शुल्कवापत् २ करोड ४२ लाख २६ हजार ८५५ रुपैयाँ संकलन भएको छ। प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १८ लाख ७२ हजार ६६६ रुपैयाँ संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।