0 COMMENTS

फागुन १३, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आफनो ‘कारखाना जाऔं’ अभियानलाई जारी राखेको छ । अभियानलाई व्यवस्थित ढंगबाट अगाडि बढाइरहेको छ । यसै क्रममा महासंघको केन्द्रीय समितिको निर्णय दृढतापुर्वक कार्यान्वयन गर्दै जाने नीति अनुरुप चार महिने कारखाना जाउँ अभियान थप सशक्त बन्दै गइरहेको बुझिएको छ । महासंघले देशैभरि आफ्नो सांगठनिक गतिविधि तिव्र पारेको छ। यहि क्रममा महासंघको आफ्नो घटक संघ अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन शनिबार काठमाडौंको नयाँ वसपार्क तमु हलमा भव्य कार्यक्रम सहित सम्पन्न गरेको छ ।

अधिवेशको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका कार्यालय सदस्य तथा महासंघका संयोजक दिनेश शर्मा सागर र विशेष अतिथि महासंघको सह–संयोजक बिनोद थापाको रहनु भएको थियो। कार्यक्रमको अतिथि कमरेडहरु महासंघका सचिवालय सदस्य ईश्वर बुढाथोकी यातयात मजदुर संघका संयोजक दिपेन्द्र घिमिरे गलैचा मजदुर संघका संयोजक केशव वुढाथोकीले हलमा उपस्थित कमरेडहरुलाई आफ्नो मनतव्य मार्फत शुभकामना दिनुभएको थियो ।

यसैगरी एकता अधिवेशनका प्रमुख अथिति शर्माले सम्वोधन गर्नुहुँदै क्रान्तिकारी मजदुर आन्दोलनलाई नयाँ उचाइमा लान संगठित हुनुपर्नेमा जोड दिनु हुँदै संघर्षको बलबाट मजदुर विरोधी राज्य सत्ताका सबैखाले उत्पीडनको अन्त्य गर्नलाई अगाडि बढ्नु पर्नेमा जोड दिनुहुँदै हामीले चाहेको व्यवस्था जनवादी वैज्ञानिक समाजवाद स्थापना गर्न फेरि एकचोटी क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुँदै दलाल संसदीय सत्ताको विरुद्ध अन्तिम धावा बोल्न श्रमिक मजदुर उत्पीडित वर्ग समुदायलाई आव्हान गर्नुभयो।

कार्यक्रमा महासंघका सहसंयोजकले प्रशिक्षणात्मक भनाइराख्नु भएको थियो । एकता अधिवेशनले भुमिका सिञ्जाली संयोजक र यादव निरौला सह–संयोजक रहेको ४५ सदस्यीय बैदेशिक श्रमिक संघ आयोजक कमिति गठन गरेको छ ।

कार्यक्रमको संचालन यादव निरौला गर्नु भएको थियो भने स्वागत मनतव्य खेम राज सापकोटाले राख्नुभएको थियो । एकता अधिवेशनबाट निर्वाचित संयोजक भुमिका सिंजालीले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उपस्थित कमरेडहरुले मजदुर विरोधी राज्यसत्ताको असामनाता र विभेदको विरुद्ध गगनभेदी नाराका साथ एकता अधिवेशन सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।