0 COMMENTS

फागुन १३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले जिल्लाका सातै पालिका अन्तरगत रहेका शैक्षिक संस्थामा क्रियाशिल सङ्गठनका इकाईहरूको प्रशिक्षण, विस्तारित बैठक तथा वनभोज कार्यक्रम शनिबार बर्दघाट–२ चिसापानीस्थित बौद्ध बिहारमा सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश इन्चार्ज दिपक बिष्टले अत्याचार सहने र अन्यायलाई टुलटुल हेरेर बस्ने अखिल (क्रान्तिकारी) को सदस्य हुनै नसक्ने ठोकुवा गरे । उनले स्थानीय तहहरूमा भएका भष्ट्राचार कमिशनखोरीको भण्डाफोर गर्दै शैक्षिक बिकृति बिसङ्गति तथा माफियाकरणका बिरुद्ध जाईलाग्न निर्देशन गरे ।

कार्यक्रममा बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले युवा तथा विद्यार्थीहरूको गतिशिलताले आन्दोलनलाई नयाँ उचाईमा लैजाने विश्वास ब्यक्त गर्दै अन्य सङ्गठन भन्दा भिन्न र अनुशासित सङ्गठन अखिल (क्रान्तिकारी) रहेको चर्चा गरे । उनले पार्टीले ल्याएको नीति कार्यक्रम र कार्यदिशालाई जनतामा लैजानसमेत विद्यार्थीहरूलाई आग्रह गरे । पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले दलाल संसदीय सत्ता र ब्यवस्थाले युवा विद्यार्थीहरूलाई न्याय गर्न नसकेको बताउँदै हरेक क्षेत्रको समस्यासँग जुधेर अगाडि बढ्न तम्तयार हुनुपर्नेमा जोड दिए । उमेरका हिसावले मात्र नभई सबै हिसाबले युवा विद्यार्थीहरुरू अरू उमेर समूह भन्दा भिन्न र कम रुढीवादी हुने चर्चा गर्दै उनले अन्याय अत्याचारका बिरुद्ध इस्पात भएर उभिन निर्देशन दिए ।

कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक गणेशबहादुर ढकाल, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला संयोजक बोल्गा नेपाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य ज्ञानबहादुर केसी, क्रान्तिकारी महिला सङ्गठनकी जिल्ला संयोजक मुक्तमाया महत्तोलगायतको आतिथ्यता रहेको थियो । 

उक्त कार्यक्रमका अध्यक्ष समेत रहेका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले सङ्गठनले गरेका सङ्घर्षका गतिबिधि माथि प्रकाश पारे । त्यस्तै कार्यक्रममा युवराज ढकालले सकारात्मक सोच र नेतृत्वको विकासबारे विद्यार्थी नेताहरूलाई सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।