0 COMMENTS

फागुन १०, ललितपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी इटाभट्टा मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । हिरा इटाभट्ट फर्सिडोल, ललितपुरमा सम्पन्न अधिवेशनले सुजाता रोका संयोजक र मिलन श्रेष्ठ सह-संयोजक रहेको २३ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।

उक्त अधिवेशनमा महासंघका केन्द्रीय संयोजक दिनेश शर्मा, सह-संयोजक ईश्वर तिमिल्सिना, बसन्त बोगटी, विनोद थापा, सचिवालय सदस्यहरू बालकृष्ण सिटौला, युवराज थापा, अर्जुन बोगटी, सरोज न्यौपाने, केशव बुढाथोकीको उपस्थिति रहेकोे थियो । अधिवेशनमा उपस्थित प्रमुख अतिथि र अतिथिहरुले शुभकामना मन्तव्यद्वारा अभियान सफलताको कामना गर्नुभएको थियो ।

अधिवेशनलाई शुभकामना दिँदै महासंघका संयोजक दिनेश शर्माले मजदुरहरुलाई मुक्त गर्न सबल र क्रान्तिकारी संगठन आवश्यक पर्ने स्पष्ट गर्नुभयो । “मजदुरहरु माथि, इटाभट्टमा काम गर्ने मजदुरहरु माथि जुन प्रकारको शोषण र कष्ट छ, त्यो विद्यमान शोषणकारी राज्यव्यवस्थाको उपज हो । यस प्रकारको व्यवस्था र त्यसको शोषणबाट मुक्ति सम्भव छ । त्यसका लागि संघर्ष गर्नुपर्छ । त्यो संघर्ष जुझारु र बलियो संगठन बिना केवल एउटा मजदुरको सामर्थ्यले मात्रै सम्भव छैन । त्यसकारण मजदुरहरुलाई एउटा जुझारु र बलियो संगठन चाहिन्छ, कम्युनिस्ट पार्टी चाहिन्छ । सम्पूर्ण मजदुरहरु संगठित बन्नुपर्छ । त्यसरी मात्रै हाम्रो विजय सम्भव हुन्छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नै त्यो संगठन हो, जसले तपाईहरुलाई मुक्त गर्ने सामर्थ्य राख्छ ।”

पछिल्लो पटक १ लाख मजदुर संगठित गर्ने लक्ष्य सहित महासंघले कारखाना जाऔं अभियान सञ्चालन गरेको छ । यसैगरी महासंघले १३५ अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसको अवसरमा विशेष केन्द्रीकरण र धक्काको तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।