0 COMMENTS

फागुन ६, धादिङ । ‘कारखाना आजौं अभियान’ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङ जिल्ला समितिको एकता अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गोविन्द अर्यालको संयोजकत्वमा ११ सदस्यीय कमिटी निर्माण गरेको छ ।

महासंघका केन्द्रीय सह–संयोजक वसन्त बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न एकता अधिवेशनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धादिङ जिल्ला संयोजक बद्री अधिकारी, महासंघका ३ नम्बर प्रदेश संयोजक कुमार घताने, सह–संयोजक सरोज न्यौपाने, क्रान्तिकारी अटो मजदुर संघका सह–संयोजक रमेश बस्नेत र ठाकुर लामिछानेको उपस्थिति रहेको थियो ।

महासंघले १ लाख मजदुर संगठित गर्ने लक्ष्य सहित कारखाना जाऔं चार महिने अभियान सञ्चालन गरेको छ । महासंघ सम्बद्ध स्रोतका अनुसार आगामी १३५ औं अन्तर्राष्ट्रिय मजदुर दिवसमा विशेष केन्द्रीकरण गर्ने र क्रान्तिकारी मजदुर आन्दोलन अघि बढाउने महासंघ तयारी रहेको छ । यस प्रक्रियामा महासंघको नेतृत्वमा देशव्यापी संगठन निर्माण र संघर्षका कार्यक्रम अघि बढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।