0 COMMENTS

फागुन २, रुपन्देही । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले २९ औँ जनयुद्ध दिवस मनाउने क्रममा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले दुई स्थानमा सडक यात्रुलाई लक्षित गरेर जेब्रा क्रसिङ निर्माण गरेको पार्टीले जनाएको छ । त्यसैगरी आरसीपी, नेपाल रुपन्देहीको आयोजनामा जनयुद्ध दिवस बिशेष कार्यक्रम बुटवलमा गरिएको छ ।

कार्यक्रममा प्रमुख बक्ता पार्टी केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदी, सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज तिलक पुन, सल्लाहकार संजिवकुमार, केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज निमकला पुन, अर्घाखाँची संयोजक टकमान राउत, बामपन्थी अगुवा एंव माक्र्सवादी विचार मञ्चका सचिव विन बहादुर कुंवरलगायतले जनयुद्धको औचित्य माथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही संयोजक लक्ष्मीकान्त पौडेल र संचालक बिक्रम नेपाली हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।