0 COMMENTS

फागुन १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । यो नयाँ परिवेशमा नयाँ तरिकाले अगाडि बढिरहेको छ ।” वक्तव्यमा क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “हामीले तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीच एकता गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरेका छौं । हामी नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागुगर्दै क्रान्तिको तयारीमा जुटेका छौं । उनन्तीसौं महान जनयुद्ध दिवसको उपलक्ष्यमा हामी क्रान्तिकारी समूह र छरिएर रहेका विभिन्न क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न पुनः हार्दिक आह्वान गर्दछौं ।”

वक्तव्यमा २०५२ साल फागुन १ गतेबाट सुरु गरिएको महान जनयुद्धको स्मरण गर्दै जनयुद्धका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण, वेपत्ता योद्धाहरु तथा घाइते अपाङ्ग जनयोद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।