0 COMMENTS

माघ २९, स्याङ्जा । आँधीखोला–६, फाफरथुम, स्याङ्जामा आयोजित बृहत साहित्य सम्मेलन–२०८० को अवसरमा पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य पुरस्कारद्वारा मार्क्सवादी सौन्दर्य चिन्तक प्रा.डा. जगदीश चन्द्र पुरस्कृत तथा सम्मानित हुनुभएको छ । पण्डित आनन्दमणि, टुल्की–नन्दकला स्मृति प्रतिष्ठानको आयोजना तथा आनन्दआश्रम ज्ञान केन्द्रको व्यवस्थापनमा सम्पन्न बृहत् साहित्य सम्मेलनका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले दोसल्ला र सम्मान पत्रका साथ प्रा.डा. जगदीश चन्द्रलाई सम्मानित गर्नुभएको हो ।

कार्यक्रममा डा. पुष्करराज भट्ट, श्रीओम रोदन, प्रा.डा.कपिलदेव लामिछाने, डा. रमेश शुभेच्छुलगायतका आमन्त्रित व्यक्तित्वहरू रहेको कार्यक्रममा काठमाडौँ, रुपन्देही, पाल्पा, पोखरालगायतका विभिन्न स्थानबाट उपस्थित साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रमुख अतिथिद्वारा ब्यानर वाचन गरी उद्घाटन गरिएको कार्यक्रममा त्रिलोचन ढकालद्वारा लिखित पेच शीर्षकको लघुकथासङ्ग्र लोकार्पण गरिएको थियोे ।

कार्यक्रमको दोस्रो सत्रमा काव्यगोष्ठीको आयोजना गरिएको थियोे । सो सत्रको अध्यक्षता कवि शुभ शर्माले गर्नुभएको थियो । दोस्रो सत्रको प्रमुख अतिथिका रूपमा महाकाव्यकार मुकुन्द शर्मा हुनुहुन्थ्यो । कविता लेखनसम्बन्धी कार्यपत्र प्रस्तोताका रूपमा डा. रमेश शुभेच्छु हुनुहुन्थ्यो ।

रचना वाचनका क्रममा चितवनका स्रष्टा पोषराज पौडेलको मुक्तकका साथमा पहिलो प्रस्तुति रह्यो । फापरथुम साहित्यिक घोषणापत्र जारी गर्न उहाँले सुझाव दिनुभयो । अनिल श्रेष्ठ तनहुँले ढोँगको लय शीर्षकको गद्यकविता वाचन गर्नुभयो ।

सुनिता बुढाथोकी–सिन्धुलीले छोरीलाई चिठी शीर्षकको कविता, शेखर अर्याल गुल्मीले खै के नापियो, छवि सुवेदी विजयी पर्वतले साट्नुपर्छ, सूर्यप्रसाद डुम्रे स्याङ्जाले मित्रलाई पत्र, शोभाकान्त गौडेल स्याङ्जाले सम्झना, एन्जल निनु मिना शाहले ओ चान्छल हमर, विश्व पौडेलले स्याङ्जाका स्थानीय प्रकृतिको चित्रण, मोहन भुजेल तनहुँले ऊ र म, डा। टंक पन्थ गुल्मीले देखिन्न नेपालमा, छायादत्त न्यौपाने पर्वतले साइनो कविता, नारायणप्रसाद सिग्देल तनहुँले मुक्तक, भोला चालिसे काठमाडौँले कविताको कोष विभाजन, आवेस मिश्र काठमाडौँले गजल, विवेक ढकाल झापाले अचानो, नारायण नेपाल सुनसरीले अङ्ग्रेजी कविता र मुक्तक, गणेश गैरे काठमाडौँले मुक्तकहरू, धातानन्द गैरे साइनोहरू, हरिप्रसाद भट्टराई पाल्पाले उनकै गीत गाउनू तिमी, रामकुमार पण्डित काठमाडौले मुक्तक, हिमालयजङ्ग बानियाँले आँधी खोला लाल कार्की अन्जान, गजल वाचन गर्नुभएको थियो ।

बैतडीका स्रष्टा कर्ण दयाल सोराडीले उडी जाने मौरीलाई शीर्षक, हेमा सुवेदी काठमाडौँले मेरो लाहुरे, रामप्रसाद अर्यालले हाइकुहरू प्रस्तुत गर्नुभयो । रमेश सुवेदीले तपस्वीको ध्यान, दिव्य गिरीले मुक्तक, नेत्रप्रसाद न्यौपाने ताप्लेजुङले गजल, माधवलाल श्रेष्ठ काभ्रेले सुसेलीहरू, इन्दिरा देवकोटा कपिलवस्तुले छिमेकी, सत्या अधिकारी लमजुङ गीत, रचना शर्माले मुक्तक, मधुसूदन प्रसाद घिमिरेले आध्यात्मिक बोधको कविता, रामबहादुर श्रेष्ठ भैरहवाले यस्तो पो जिन्दगी, अनन्त अर्याल स्याङ्जाले युगपुरुषको खोजीमा, भरत बस्नेतले सेतो हात्ती, मिलन समीरले गजल, शिव खनाल रुपन्देहीले झर कविता वाचन गर्नुभएको थियो ।

त्यसैगरी चिन्तु गिरी उड्न थाले मौरी देशको वर्तमान अवस्थाको प्रस्तुति, सरु ज्ञवाली गुल्मीले गजल, सीता ढुङ्गाना भैरहवाले मुक्तक, तिलक लामिछाने भैरहवाले नेता लिलामी गरौँ, कृष्णप्रसाद भट्टराईले सत्कर्म, राधा भट्टराई भैरहवाले भजन शैलीको कविता, पुरणचन्द्र न्यौपानेले गजल, संयोग डुम्रेले कसरी बन्छ त देश रु भीम रानाभाट टुक्रा कविता, ध्रुवराज प्रधानले शीर्षक हराएको कविता, कात्यायन काठमाडौँ सूत्रकविता, परशुराम परासर झापाले के पो बिराएँ भन, शीतल गिरी रौतहटले स्मृति विस्मृति, प्रकाश घिमिरे दाङले राष्ट्रको पीडा, सिर्जना खनाल भैरहवाले चसक्क दुख्छ, शेषमणि खनालले इन्क्लाब शीर्षकको रम्बास कविता वाचन, यज्ञलाल सुवेदी बुटवलले कविता सीता सुवेदी पन्थी गुल्मीले नव रङ्ग भर्छु, शान्ति सापकोटाले राष्ट्रवादी चेतना, इन्दिरा शर्माले मेरो देश नेपाल, रुद्र ज्ञवाली भैरहवाले मुक्तक, कमल सुवेदीले जनता, सुरज उपाध्यायले खरानीको व्यापार, खगेन्द्र बस्याल बाछिटा, सुवास रिजालले तिम्रो जिन्दगी र मेरो जिन्दगी, तेजप्रसाद पन्थ मधुमास, लोकबहादुर थापा मगर मगर भाषामा मुक्तक, भवानी खतिवडा किन ? मित्रलाल पङ्ग्यानीले यहाँ उल्टो छ नर्मदा, खोलाघरे साइलो इलामले खिचडी अब शीर्षकको कविता वाचन गर्नुभयो ।

यस्तो छ सम्मानित व्यक्तित्व प्रा.डा. जगदीश चन्द्रको व्यक्तित्व तथा कृतित्वको संक्षिप्त परिचय
नाम– प्रा. डा.जगदीश चन्द्र
जन्ममितिः २०१९ जेठ २४
जन्मस्थान : मालुङ्गा, धाङलिङ।
आमाः भागिरथा भण्डारी
बुबा– पं.ज्यो.चिन्तामणि शर्मा भण्डारी
श्रीमती : मुन्नी भण्डारी
छोरी– डा.इप्सा भण्डारी
छोरा : निशीत भण्डारी
शिक्षा : एम.ए.,पिएच.डि. (नेपाली) साथै व्याकरणाचार्य र संस्कृति विषयमा उच्च अध्ययन ।
सम्प्रति : कामपा–३२, कोटेश्वर, जडिबुटी, काठमाडौं ।
प्रकाशित कृति
सिर्जन यात्रा : क्रान्तिज्वाला शीर्षकको कविता (भारतको अयोध्याबाट प्रकाशित हुने नयाँ पुकार पत्रिका इ सं १९७३) मा छापिएको ।
वर्तमान जन्मन खोजिरहेछ– कविता सङ्ग्रह, २०३९
मेरा आँखामा तानाका कथा र जमर्काहरू– समालोचना ,२०४०
अँध्यारोमा चल्बलाएका शब्दहरू– निबन्ध, २०४७
मुक्तिक्षेत्रको यात्रामा – कविता,२०४८०
साहित्य : चिन्तन र विवेचन – चिन्तन र समालोचना ,२०५०
प्रगतिवादी नेपाली कविता – रेखाङ्कन र विश्लेषण (सिद्धान्त र समालोचना ,२०५५)
आँखाका यी नानी : बालकविता,२०५९
पृथक सृजन : पृथक् निरूपण (सिद्धान्त र समालोचना ,२०६५)
सौन्दर्यको भूमिका : सिद्धान्त र समालोचना , २०६६
सौन्दर्यको अन्वीक्षण : सौन्दर्य चिन्तन र समालोचना , २०७५
साहित्य र यथार्थ – अनुवाद, २०५१
सम्पादन
प्रतिनिधि नेपाली समालोचना – सहसम्पादन, २०६८
मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य–सहसम्पादन,२०६७
कम्युनिस्ट, युगधारा, दृष्टिकोण, प्रवर्तक प्रभृति पत्रिकाको सम्पादन।
पुरस्कार :
कृष्णमणि साहित्य पुरस्कार –२०५५
पारिजात सृजन पुरस्कार – २०६३
सम्बद्धता :
अध्यक्ष, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन
कार्यसमिति सदस्य, इच्छुक सांस्कृतिक प्रतिष्ठान

आबद्धता :

संस्थापक सदस्य –नेपाल कम्युनिस्ट अध्ययन सङ्गठन –२०३७
संस्थापक सदस्य– संयुक्त राष्ट्रिय जनआन्दोलन –२०४६
संस्थापक सदस्य– केन्द्रीय सचिव, संयुक्त जनमोर्चा नेपाल– २०४८
अध्यक्ष –जनकला सिर्जना समाज, नेपाल– २०४७
पुनर्स्थापित प्रगतिशील लेखक सङघमा प्रथम सम्मेलनदेखि तेस्रो सम्मेलनसम्म केन्द्रीय सचिवालय सदस्य।
अखिल नेपाल जनसांस्कृतिक महासङघमा विविध कालखण्डमा उपाध्यक्ष, अध्यक्ष र सल्लाहकार ।
सल्लाहकार– अखिल नेपाल लेखक सङ्घ
कार्यसमिति सदस्य– इच्छुक सांस्कृतिक प्रतिष्ठान
अध्यक्ष– त्रिवि अनिवार्य नेपाली विषय समिति ।
विद्यावारिधि– (पिएच.डि) तथा स्नातकोत्तर तहका अनुसन्धानमा निर्देशक भई प्राज्ञिक भूमिका निर्वाह गरेको ।
प्रकाशोन्मुख कृति : उज्यालो त आगोबाट फुल्छ (कविता सङ्ग्रह)

राजनीतिक संलग्नता :
कम्युनिस्ट विद्यार्थी सङ्गठन ९ज्ञढठघ०भारत
नेपाल कम्युनिस्ट अध्ययन सङ्गठन– २०३७०
नेपाल मार्क्सवादी लेनिनवादी पार्टी–२०३७र३८०
संयुक्त राष्ट्रिय जनआन्दोलन– २०४६०
संयुक्त जनमोर्चा ,नेपाल–२०४८०
नेकपा (मालेमा) –२०४७०
नेकपा (माओवादी)–२०६४
नेकपा (क्रान्तिकारी माओवादी)–२०६९
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल –२०८०
लगायतका पार्टी र सङ्गठनमा विविध कालखण्डमा विविध तहमा सम्बद्घ रहेको र निरङ्कुश राजतन्त्रात्मक पंचायती व्यवस्था, संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था विरुद्धका जनआन्दोलन, जनसङ्घर्ष र वर्गसंघर्षमा सहभागी तथा दर्जनौं पटक गिरफ्तारी र राज्यदमन भोगेको । सांस्कृतिक वैचारिक सङ्घर्षमा सक्रिय रहँदै आएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।