0 COMMENTS

माघ २५, हेटौंडा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरुको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौडामा सञ्चालन गरिएको छ । 

पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ अन्तर्गत उपप्रदेश ‘ख’ का इन्चार्ज तथा स्कूल विभागका प्रमुख शार्दुलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्कूलिङ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शार्दुलले विचारधारात्मक स्पष्टता र नेता कार्यकर्ताको योग्यता क्षमताको विकास गराउन स्कुलिङको आयोजना गरेको बताउनु भएको थियो । उहाँले दलाल सत्ता, व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेता कार्यकर्ताको वैचारिक क्षमताको स्तरवृद्धि गर्न आवश्यक भएको पनि स्पष्ट पार्नुभयो ।

स्कूलिङ कार्यक्रममा मकवानपुर, ललितपुर र सिन्धुलीका २३ जना प्रदेश सदस्यहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहनु भएको थियो । स्कूलिङ कार्यक्रममा प्रमुख अतिथि शार्दुलले दर्शनशास्त्र, अमृत अधिकारीले अर्थशास्त्र, कगेन्द्रले सौन्दर्य शास्त्र, जबस–मोर्चा सम्बन्धी– गगन, नेपालको कम्युनिस्ट आन्दोलन– भरतबुर्जा मगर, संगठन र पार्टी विधानबारे– खगेन्द्र छन्त्याल र विश्व कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट घोषणा पत्रबारे– श्रीकृष्ण सुलुले अध्यापन गराउनु भएको छ । उद्घाटन सत्रको अध्यक्षतामा गगनले र सञ्चालन खगेन्द्र छन्त्यालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।