0 COMMENTS

माघ २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले लुम्बिनी र सुदूर-पश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ भने तराई–मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ४७ मिनेट र सूर्यास्त साँझ ५ बजेर ४९ मिनेटमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।