0 COMMENTS

माघ २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई काठमाडौँ जिल्ला अदालतको थुनामुक्त गर्ने फैसलाका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक हरिश भट्टलगायत १४ जना युवा र काठमाडौँ जिल्ला अदालतको गेटमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईसहित १७ जना विद्यार्थीसहित ३१ जनालाई अविलम्ब रिहा गर्न आग्रह गरेका छन् ।

पार्टी प्रवक्ता कञ्चनले भ्रष्टाचारीजस्तो जघन्य अपराधीलाई थुनामा राखी कारबाहीको माग गर्ने युवा तथा विद्यार्थीहरूमाथि अन्धाधुन्ध बल प्रयोग गरी प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले गरेको गिरफ्तारीको आफ्नो पार्टीले तीव्र विरोध गरेको पनि वक्तव्यमार्फत जनाएका छन् ।

स्मरणीय छ, नेपाली काङ्ग्रेसका सांसदसमेत रहेका विवादास्पद उद्योगपति विनोद चौधरीका भाइ अरुण चौधरी बाँसबारी छालाजुत्ता कारखानाको दसौँ रोपनी जग्गा घोटाला गरेको काण्डमा पक्राउ परे पनि काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि सिङ्गो देशको भ्रष्टाचार र घोटालाविरोधी जनमत आन्दोलित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।