0 COMMENTS

माघ २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालले आज माइतीघरको निषेधित तोडेर विरोध प्रदर्शन गरेका छन् । भ्रष्टाचारीहरुमाथि कडा कारबाहीको माग राखेर गरिएको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेपछि क्रान्तिकारी युवाहरुले सशक्त प्रतिरोध गरेका थिए । त्यस क्रममा केही बेर झडप समेत भएको थियो । व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरी प्रहरीले प्रदर्शनकारीहरुलाई गिरफ्तार गरेको छ । प्रहरीले क्रान्तिकारी युवा संगठनका केन्द्रीय संयोजक हरिश भट्टसहित १४ जना युवा नेताहरुलाई गिरफ्तार गरेको कार्यक्रमस्थलबाट संकल्पले जानकारी दिनुभयो । गिरफ्तार युवा नेताहरुलाई सिंहदरबार प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गर्ने चौधरी ग्रुपका सदस्य अरबपति विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा अदालतले छाड्न आदेश दिएपछि क्रान्तिकारी युवाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए । क्रान्तिकारी युवा संगठनले देशैभरि भ्रष्टाचारका विरुद्ध सशक्त प्रतिरोध संघर्ष सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।