0 COMMENTS
माघ २३, काठमाडौँ । चार “स” अभियान भनेको १) सम्पर्क,२) सम्बन्ध,३) संगठन,४) सम्पर्क भनेर बुझ्नुपर्दछ । यसले क्रान्तिकाे हित हुने गरि मात्रै काम गर्नेछ । यसले संशोधनवादकाे भण्डाफाेर गर्दै प्रतिक्रियावादी राज्यसत्ता पुँजीवादी – संसदवाद विरुद्ध संघर्ष चलाउने छ । नयाँ जनवाद हुदै वैज्ञानिक समाजवाद स्थापना गर्न काम गर्नेछ । संगठन र संघर्षकाे क्षेत्रमा मजबुत बनाउन काम गर्नेछ ।
१) अभियानकाे उदेश्य 
क) राजनीतिक बिचारधारा,संगठन,संघर्ष र अार्थिक क्षेत्रमा अात्मनिर्भर बन्ने र बनाउनेछ ।
ख) संगठनहरुकाे निर्माण,सुदृढ र व्यवस्थित गर्नेछ ।
ग) जनअाधार ईलाका,जनसंगठन विस्तारको ईलाका र जनसम्पर्क ईलाकाहरु निर्माण गर्नेछ ।
घ) WT र PT काे निर्माणमा मुख्य जाेड दिनेछ ।
२) अभियानकाे काम कारबाही 
क) जिल्ला संगठन समितिका अघिल्ला बैठकहरुका निर्णयहरु कार्यवन्यन गर्नेछ ।
ख) पार्टीको महाधिवेशन,जिल्ला अधिबेशन,नगर/ गाउँपालिका,वडा अधिबेशन र सेल कमिटीहरुका  कामहरू सम्पन्न गर्नेछ ।
ग) पार्टीको केन्द्रीय र प्रादेशिक कार्यक्रमहरुलाई कार्यवन्यन गर्नेछ ।
घ) अभियानकाे समिक्षा पाक्षिक रुपमा सम्पन्न गर्दै अभियान निरन्तर संचालन गर्नेछ ।
३) अभियानको अबधि 
क) पहिलो चरणको अबधि २०८० माघ १८ गते उद्धघाटन गरि २०८१ बैशाख १५ गतेसम्म हुनेछ । त्यसलाई क्रान्तिकाे संगै निरन्तर संचालन गरिनेछ ।
४) अभियानको नारा 
क) जनसम्बन्धलाई सुदृढ गराैं !
चार “स” अभियान पुरा गराैं !!
ख) पुँजीवादी – संसदवाद विरुद्ध संघर्ष गराैं !
नयाँ जनवाद हुदै वैज्ञानिक समाजवाद स्थापनाकाे बाटोमा अघि बढाैं !!
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति, पाल्पाको दाेस्राे सचिवालय बैठक जिल्ला संयाेजक दिग्दर्शनले पेश गरेको चार “स” अभियानको निर्देशिका ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।