0 COMMENTS

माघ २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपालले कैलालीको लम्कीचुहा नगरपालिकाको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको छ । शिक्षक नियुक्तिमा भष्ट्राचार गरेको लगायतका ६ बुँदे अभियोगसहित सङ्गठनले सोमबार न्यौपानेलाई कालोमोसो दलेको हो ।

न्यौपाने माथि ४७ जना शिक्षक नियुक्तिमा जनही १ देखि ३ लाख रुपैयाँसम्म कमिशन लिएको, नगरस्तरीय खेलकुद र सामाग्री खरिद एवम् विद्यालयको भौतिक निर्माणमा भष्ट्राचार गरेको, बिभिन्न सरोकारवालाहरूलाई धम्की दिने गरेको, विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई अभद्र ब्यवहार गरेको, सरकारी सवारी साधन बिदाको दिन दुरुपयोग गरेको लगायतका आरोप सङ्गठनले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।