0 COMMENTS
पुस २५, काठमाडौँ । लुम्बिनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, प्रभास पाल्पालाई अखिल (क्रान्तिकारी) पाँच नम्बर प्रदेश संगठन समितिले ८ बुँदे मागपत्र पेश गरेको छ । बुधबार माेहन वैध ‘किरण’ नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मेडिकल कलेजमा पुगि उक्त मागपत्र बुझाएको छ ।
मागमा मेडिकल कलेजमा अध्ययनरत MBBS एवम् अन्य विद्यार्थीसंग अनावश्यक फाइन तथा अतिरिक्त शुल्कको नाममा लिइएको लाखौ शुल्क फिर्ता गर्नुका साथै त्यस्ता शुल्क लिन अन्त्य गर्नुपर्ने,कमिशनका कारण फार्मेसीबाट लिइने औषधी सेवाग्राहिहरुलाई महङ्गो पर्न गएकोले औषधिमा लिइएको चकों शुल्क खारेज गर्नुका साथै वार्डमा उपचारत बिरामीहरुलाई आर्थिक टचर गरिरहेको जनगुनासो व्यापक रहेको हुँदा यस्ता बिषयमा हस्पिटल संचालक सचेत हुन,लुम्बिनी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा MBBS पास भएका विद्यार्थीलाई श्रम रोजगारको प्रलोभन दिई श्रममा लगाई झण्डै एक वर्ष देखी तलव (परिश्रमिक शुल्क) नदिई श्रमशोषण गरेको जनगुनासो आएकोमा उचित क्षेतिपूती सहित तलव उपलब्ध गराउनु पर्ने,क्याटिन र होस्टेलमा मापदण्ड विपरीत कमिशनको लोभमा ठेकेदारलाई दिई गुणस्तरहिन खाना खुवाई विद्यार्थी, डाक्टर, उपचारमा आउने सेवाग्राही नागरिकहरुको स्वास्थ्य माथि खेलवाड गरिएको बारम्बार गुनासो आइरहेको हुदा यस्ता समस्यालाई तत्काल सच्याउनु पर्ने,विद्यार्थीहरुको लागि अनिवार्य छात्र/छात्रा बासमा रहनुपर्ने भन्दै विद्यार्थी र अभिभावकलाई लुटपाट आतंक गरेको,विद्यार्थीका अभिभावकलाई धम्क्याउने गरेको लगायतका गुनासा व्यापक आइरहेकोले यस्ता नैतिकताहिन कार्य यथाशीघ्र बन्द गरिनु पर्ने,विभिन्न क्रान्तिकारी तथा परिवतनशिल आन्दोलनका घाइते, वेपत्ता र सहिदका परिवारजन, विद्यार्थी, कर्मचारीका अभिभावकहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिनु पर्ने,अदृश्य रुपमा जनप्रतिनिधि र सरकारी कर्मचारीको लगानी रहेको व्यापक जनगुनासो आइरहेको हुँदा उक्त व्यक्तिहरुको लगानी यथाशीघ्र फिर्ता गरिनु पर्ने लगायतका राखेको छ ।
मागपत्र राख्दै अखिल(क्रान्तिकारी) का केन्द्रीय कार्यलय सदस्य तथा पाँच नम्बर प्रदेश समितिका ईन्चार्ज दिपक बिष्टले तीन भित्र माग पुरा गर्न अल्टिमेटम दिएको समेत बताए । उनलेे माग पुरा नभए चरणबद्ध संघर्ष गर्न बाध्य हुने समेत बताए । मागपत्र बुझाउन अखिल (क्रान्तिकारी) पाँच नम्बर प्रदेश समिति संयाेजक नवीन खड्काकाे नेतृत्वमा केन्द्रीय सदस्य ईन्दु वलि, मनाेज थापा, संग्रामभियु थापा लगायतका विद्यार्थी नेताहरू पुगेका थिए ।
मागपत्र …
“हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) आफ्‌नो स्थापनाकालदेखि नै निरन्तर रुपमा शैक्षिक विकृति, बिसकृति तथा राष्ट्रियता, जनतन्त्र, जनजिविका लगाएतका राजनीतिक तथा सामाजिक संकटहरुको बिषयमा सबैभन्दा पहिला सचेतपूर्ण जागरण सहितको सडक मोर्चाको नेतृत्व गरेर प्रतिपक्षी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । हाम्रो संगठन त्याग, समर्पण र बलिदानको गौरवपूर्ण इतिहास निर्माण गर्दै आइरहेको कुरा सर्वविदितै छ । बिडम्बना आज पनी देशमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा निजीकरण, व्यापारीकरण, दलालिकरण, भ्रष्टिकरण, माफियाकरण लगाएत चरम आर्थिक अनियमितता र अपचलन भइरहेकै छ । राज्य मुखदर्शक बनेको छ भने स्वास्थ्य तथा शैक्षिक सस्थाका मालिकहरुले मनोमानी गर्दै कमाइ खाने भाडोकोरुपमा विकृत रुपमा दुरुपयोग गरिरहेका छन। यो विक्तिको सिकार बनेको नेपाली समाज र जनता आत्महत्या गर्न बाध्य भएका दृष्टान्त हाम्रा सामु धेरै छन । हाम्रो संगठन यस प्रकारको बेथितिको अन्त्य चाहन्छ । जसका निम्ति हाम्रो संगठन सबै प्रकारको संघर्ष गर्न तयार छ ।
यसै सन्दर्भमा लुम्बिनी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरमा स्वास्थ्य तथा शैक्षिक व्यापार । लुटपाट,आतंक मच्चाउने गरि भइरहेको जनगुनासो आइरहेको हुँदा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । शिक्षा तथा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भएका लापरवाही तथा विक्तिहरुलाई सच्याई सर्वशुलभ तथा गुणस्तरीय सेवा दिन आग्रह गर्दछौं । संस्थाबाट भएका कमिकमजोरी र उत्पन्न समस्या समाधानको लागि हामी ३ दिनको अल्टिमेटम सहित निम्न मागहरु यो मागपत्र मार्फत पेश गर्दछौं ।
मागहरू
१) मेडिकल कलेजमा अध्ययनरत MBBS एवम् अन्य विद्यार्थीसंग अनावश्यक फाइन तथा अतिरिक्त शुल्कको नाममा लिइएको लाखौ शुल्क फिर्ता गर्नुका साथै त्यस्ता शुल्क लिन अन्त्य गर्नुपर्ने ।,२) कमिशनका कारण फार्मेसीबाट लिइने औषधी सेवाग्राहिहरुलाई महङ्गो पर्न गएकोले औषधिमा लिइएको चकों शुल्क खारेज गर्नुका साथै वार्डमा उपचारत बिरामीहरुलाई आर्थिक टचर गरिरहेको जनगुनासो व्यापक रहेको हुँदा यस्ता बिषयमा हस्पिटल संचालक सचेत हुन आग्रह गर्दछौं ।४) लुम्बिनी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा MBBS पास भएका विद्यार्थीलाई श्रम रोजगारको प्रलोभन दिई श्रममा लगाई झण्डै एक वर्ष देखी तलव (परिश्रमिक शुल्क) नदिई श्रमशोषण गरेको जनगुनासो आएकोमा उचित क्षेतिपूती सहित तलव उपलब्ध गराइयोस। ५) क्याटिन र होस्टेलमा मापदण्ड विपरीत कमिशनको लोभमा ठेकेदारलाई दिई गुणस्तरहिन खाना खुवाई विद्यार्थी, डाक्टर, उपचारमा आउने सेवाग्राही नागरिकहरुको स्वास्थ्य माथि खेलवाड गरिएको बारम्बार गुनासो आइरहेको हुदा यस्ता समस्यालाई तत्काल सच्याइयोस।६) विद्यार्थीहरुको लागि अनिवार्य छात्र/छात्रा बासमा रहनुपर्ने भन्दै विद्यार्थी र अभिभावकलाई लुटपाट आतंक गरेको, विद्यार्थीका अभिभावकलाई धम्क्याउने गरेको लगायतका गुनासा व्यापक आइरहेकोले यस्ता नैतिकताहिन कार्य यथाशीघ्र बन्द गरियोस।,७) विभिन्न क्रान्तिकारी तथा परिवतनशिल आन्दोलनका घाइते, वेपत्ता र सहिदका परिवारजन, विद्यार्थी, कर्मचारीका अभिभावकहरुलाई निःशुल्क उपचारको व्यवस्था गरियोस् ।,८) अदृश्य रुपमा जनप्रतिनिधि र सरकारी कर्मचारीको लगानी रहेको व्यापक जनगुनासो आइरहेको हुँदा उक्त व्यक्तिहरुको लगानी यथाशीघ्र फिर्ता गरियोस ।
 
साथै श्रमिक डाक्टरहरुले परिश्रमिक नपाई मेडिकल प्रशासन समक्ष आफनो परिश्रम तलवको माग गर्दै विभिन्न चरणका घोषित आन्दोलनप्रति हाम्रो संगठनले ऐक्यबद्धता जनाउदछ । हाम्रा जायज मागहरुको तत्काल सम्बोधन गर्न हामी अनुरोध गर्दछौं । यदि माथि उल्लेखित समस्याहरु समाधान नगरिए निरन्तर चरणबद्ध आन्दोलनको घोषणा गर्दै अगाडि बढ्ने कुराको समेत चेतावनी दिन चाहान्छौ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।