0 COMMENTS

पुस २५, काठमाडौँ । कान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन, नेपालका प्रभावशाली युवा नेताहरू ८ औँ दिनपछि हिरासत मुक्त भएका छन् ।

मङ्गलबार क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ७ नम्बर प्रदेस संयोजक दिपेन्द्र ऐरी, केन्द्रीय सचिवालय सदस्य पदम हमाल र केन्द्रीय सदस्य आकास कार्की हिरासत मुक्त भएका हुन् । उनीहरूलाई झुट्टा मुद्दा लगाइ प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले हिरासतमा राखेको ८ औँ दिनको दिन प्रत्यक ब्यक्ति ४ हजार धरौटीमा रिहाई गरेको क्रान्तिकारी युवा संगठन, नेपालले जनाएको छ ।

सरकारका प्रमुख ५ वटा कार्यालयहरूमा दलाल संसदीय व्यवस्था नाङ्गियो भनेर नाङ्गो भएर बिरोध गर्दा सरकारले ३२ जना नेताकार्यकर्ताहरूलाई गिरफ्तार गरि हिरासतमा राखेको थियो । केहि नेताकार्यकर्ताहरू २४ घन्टाको हिरासत बसाईपछि रिहाई भएका थिए भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गिरफ्तार भएका नेताकार्यकर्ता ८ दिनपछि मात्रै रिहाई भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।