0 COMMENTS

पुस २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पाटी, नेपालका ने हेमन्त प्रकाश ओली ‘शुदर्शन’ को घरमा प्रहरीले ३५ दिने प्रकाउ पुर्जी टासेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज समेत रहेका ओलीको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेकाे हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र नेकपाबीच भएको तीनबुँदे सहमति विपरीत पार्टीका नेतामाथि पक्राउ पुर्जी जारी गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका एक कार्यालय सदस्यले जानकारी दिए । आफ्नो पार्टीले तत्कालिन सरकारसँग गरिएको सहमति बमोजिम पार्टी माथिको प्रतिबन्ध फुकुवा, राजबन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने लगायतका विषयमा सहमति गरिए पनि प्रतिबन्ध फुकुवा बाहेकका सहमतिहरू सरकारले इमानदारीपूर्वक पालना गर्न आलटाल गरिरहेको उनले बताए ।

बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरूपमा कार्यान्वयन हुन नसकेकाे प्रति उनले आक्रोश पोखे ।

आइतबार जिल्ला अदालत काठमाडाैँकाे मुद्दा न.०७५ ऋ १ २०४३, राेहन गुरूङकाे जाहेरीले वादी नेपाल सरकार प्रतिबादी नेत्र बिक्रम चन्द समेत भएकाे बिष्फाेटक पदार्थ, ज्यान मार्ने उद्योग तथा संगठित अपराध मुद्दामा नेता ओलीको घरमा ३५ दिने पक्राउ पुर्जी पुर्याइएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।