0 COMMENTS

पुस २३, ललितपुर । भेटेरिनरी अस्पताल तथा पशुु सेवा केन्द्र ललितपुुरद्धारा संचालित ११ औँ राष्ट्रिय पोल्टी दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्र्धन सप्ताहव्यापी कार्यक्रम २०८० को गतिविधिहरु उत्साहजनक रहेका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत छैटौँ दिन आइतवार ललितपुुरको गोदावरी नगरपालिका स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरुको पोषण सुुधारको लागि ४ सय २० वटा अण्डा वितरण गरिएको छ । विद्यालयमा एक कार्यक्रमकाबीच अण्डा वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरका प्रमुख डा. राम प्रकाश प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालयका अधिकृत कृष्णबहादुुर कार्कीले गर्नु भएको थियो । त्यसैगरी शुुक्रबार काठमाडौंको बुुढानिलकण्ठ नगरपालिका–३ स्थित बुुढानिलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ८ सय र टोखा नगरपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पोषण सुुधारको लागि ४ सय ओटा अण्डा वितरण गरिएको थियो । साथै शुक्रबार नै काठमाडौंकै पञ्चकन्या माध्यमिक विद्यालय बुढानिलकण्ठका विद्यार्थीहरुलाई ३ सय ओटा अण्डा वितरण गरियो । त्यसैगरी शुक्रबार नै ललितपुर महानगरपालिका–२८, हरिसिद्धि स्थित त्रिशक्ती इट्टा उद्योगमा कार्यरत कामदार तथा कर्मचारीहरुको पोषण सुुधारको लागि ४ सय ओटा अण्डा वितरण गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन बिहीबार मानसिक अस्पताल, लगनखेलमा मानसिक रोगको उपचारार्थ बिरामीहरुको पोषण सुधारको लागि २ सय १० ओटा अण्डा वितरण गरिएको छ । दोस्रो दिन बुधबार भक्तपुर, मध्यपुर थिमि नगरपालिका–८ स्थित बोडे माध्यमिक विद्यालयमा ३ सय ६० वटा अण्डा वितरण गरिएको थियो । साथै सोही ठाउँमा रहेको श्री द्योमां जगत बृध्दाश्रम बोडेमा पनि अण्डा वितरण गरिएको थियो । यसैगरी सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन मंगलवार नमुना मच्छीन्द्र माध्यमिक विद्यालय लगनखेल,ललितपुरका विद्यार्थिहरुलाई ५सय ओटा अण्डा वितरण गरिएको थियो ।

११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम (पौष १७–२४) सम्म चल्नेछ । राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन कार्यक्रम, २०८० को लागि नेपाल भेटेरिनरी एशोसिएसनले तय गरेको नारा “कुुखुराको अण्डा र मासुको परिकार, स्वास्थ्य जीवनको आधार ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।