0 COMMENTS

पुस २०, ललितपुर । ११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन बिहीबार मानसिक अस्पताल, लगनखेलमा मानसिक रोगको उपचारार्थ बिरामीहरुको पोषण सुधारको लागि २ सय १० ओटा अण्डा वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरद्वारा आयोजित अण्डा वितरण कार्यक्रमको बारेमा केन्द्रका प्रमुख डा. रामप्रकाश प्रधानले प्रकाश पार्नुुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि मानसिक अस्पताल, लगनखेलका निर्देशक अनन्त अधिकारीले धन्यवाद ज्ञापन गर्नुुभएको थियो भने कार्यक्रमको संचालन भेटेरिनरी अस्पतालका अधिकृत कृष्ण कार्कीले गर्नुु भएको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बुधबार पनि भक्तपुर, मध्यपुर थिमि नगरपालिका–८ स्थित बोडे माध्यमिक विद्यालयमा ३ सय ६० वटा अण्डा वितरण गरिएको थियो । साथै सोही ठाउँमा रहेको श्री द्योमां जगत बृध्दाश्रम बोडेमा पनि अण्डा वितरण गरिएको थियो ।  यसैगरी सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन मंगलवार नमुना मच्छीन्द्र माध्यमिक विद्यालय लगनखेल,ललितपुरका विद्यार्थिहरुलाई ५सय ओटा अण्डा वितरण गरिएको थियो ।

११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम (पौष १७–२४) सम्म चल्नेछ । राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन कार्यक्रम, २०८० को लागि नेपाल भेटेरिनरी एशोसिएसनले तय गरेको नारा “कुुखुराको अण्डा र मासुको परिकार, स्वास्थ्य जीवनको आधार ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।