0 COMMENTS

पुस २०, काठमाडौँ । राइड सेयरिङ एप ‘टुटल’ का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ । टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई थाहै नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको आधारमा बिहीबार राति उनलाई काठमाडौँ प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो । प्रहरीका अनुसार, यो विवाद टुटलसँगै सम्बन्धित छ । भट्टका साथीहरुले सुरुमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । त्यहाँबाट यो विषय प्रहरीसम्म पुगेको थियो । पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौँ प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको छ ।

राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो । तर पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल अहिले अर्कै कम्पनीले पुन: सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।