0 COMMENTS

पुस १९, भक्तपुर । सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित देशका ५ वटा प्रमुख प्रशासनिक भवनको मूलगेटमा अर्धनग्न भएर गरेको साङ्केतिक बिरोध प्रदर्शनको क्रममा गिरफ्तार १४ जना क्रान्तिकारी युवा सङ्गठन, नेपालका नेताहरुमध्ये ११ जनालाई रिहा गरिएको छ ।

रिहाइका लागि संगठनले निरन्तर रुपमा सडक दबाब सिर्जना गरिरहेको थियो । गिरफ्तारमध्ये सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयबाट गिरफ्तार युवाहरु दिपेन्द्र ऐर, पदम हमाल र आकाश कार्कीलाई अझै रिहा गरिएको छैन ।

रिहा गरिएका युवा नेताहरु संगठनका कार्यालय सदस्य भुवन रम्तेल, सचिवालय सदस्यहरू वसन्त भण्डारी, निश्चल गर्तौला, सुलभ तिमिल्सिना, प्रकाश शर्मा, पद्म हमाल, विकल्प लामा तथा केन्द्रीय सदस्यहरू तिलक वयक, बिलबहादुर तामाङ, सूर्य परियार, गोपाल विक, राजकुमार तामाङ र हरि घर्तीलाई भने बुधबार पार्टी कार्यालय कुपण्डोलमा भव्य स्वागत र सम्मान गरियो ।

पार्टीका कार्यालय सदस्यहरु रामसिंह श्रीस, हेमन्तप्रकाश ओली सुदर्शन, उदयबहादुर चलाउने दिपक, क्रान्तिकारी युवा संगठन नेपालका संयोजक हरिश भट्ट लगायतका नेताहरुले खादा र अबिर लगाएर भव्य स्वागत तथा सम्मान गर्नुभएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले बालकुमारी हत्याकाण्डका विरुद्ध पुस १४ देखि २५ सम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ । घोषित संघर्षको तेस्रो दिन क्रान्तिकारी युवा संगठन, नेपालका नेताहरुले साहसपूर्वक सिंहदरबारभित्र प्रवेश गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन, मन्त्री निवास र सर्वोच्च अदालतमा अर्धनग्न प्रदर्शन गरेका थिए । शान्तिपूर्ण रुपमा गरिएका ती प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर युवाहरुलाई गिरफ्तार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।