0 COMMENTS

पुस १९, भक्तपुर । ११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बुधबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुरद्वारा मध्यपुर थिमि नगरपालिका–८ स्थित बोडे माध्यमिक विद्यालयमा अण्डा वितरण गरिएको छ । एक हस्तान्तरण कार्यक्रमबीच केन्द्रका प्रमुख डा. रामप्रकाश प्रधानद्वारा सो विद्यालयका प्रधानाध्यापक हरिबहादुर थापा र विद्यालयका छात्रछात्राहरुलाई ३ सय ६० वटा अण्डा हस्तान्तरण गरियो ।

यसैगरी सोही ठाउँमा रहेको श्री द्योमां जगत बृध्दाश्रम बोडेका बा, आमाको लागि पनि केन्द्रका प्रमुख डा. रामप्रकाश प्रधानद्वारा संस्थाका अध्यक्ष प्रेमचन्द्र अदुवा श्रेष्ठलाई पनि अण्डा हस्तान्तरण गरियो । दुवै निकायमा वरिष्ठ पत्रकार प्रवीण जोशीले समन्वयको भूूमिका निभाएका थिए भने केन्द्रका अधिकृत कृष्णबहादुर कार्कीले कार्यक्रम संचालन र्नुुभएको थियो । त्यसैगरी सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन मंगलवार नमुना मच्छीन्द्र माध्यमिक विद्यालय लगनखेल,ललितपुरका विद्यार्थिहरुलाई ५सय ओटा अण्डा वितरण गरिएको थियो ।

डा. रामप्रकाश प्रधानले ११ औँ राष्ट्रिय पोल्ट्री दिवस तथा पशुजन्य पदार्थ उपभोग प्रवद्धन सप्ताहव्यापी (पौष १७–२४) कार्यक्रम २०८० मनाउने सन्दर्भमा मंगलबार आयोजित पत्रकार भेलामा वितरित कार्ययोजनाका संपादित अंशहरु :—

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।