0 COMMENTS

पुस १८, काठमाडौँ । बालकुमारी हत्याकाण्डको विरुद्ध श्रम तथा रोजगार विभाग ताहाचल परिसरमा मङ्गलबार पार्टीद्वारा आयोजित जुलुस तथा कोणसभा कार्यक्रममा नेपाल प्रहरीले गरेको दमनको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना गरेको छ ।

पार्टी प्रवक्ता कञ्चनले एक वक्तव्य जारी गर्दै प्रहरीको अन्धाधुन्ध लाठीचार्जबाट पार्टीका केन्द्रीय सचिवालय सदस्य वसन्त बोगटी लगायत पाँच जना नेता कार्यकर्ताहरु गम्भिर घाइते भएका छन् ।

वक्तव्यमा शान्तिपूर्ण विरोध प्रदर्शन तथा कोणसभामा प्रहरी हस्तक्षेप गर्ने नेपाल सरकारको फासीवादी रवैयाको घोर भत्र्सना गर्दै घाइते कमरेडहरुको निशुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।