0 COMMENTS

पुस १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध महिला संगठन क्रान्तिकारी महिला संगठनको प्रदेश भेलाले तेजकुमारी थापाको संयोजकत्वमा २७ सदस्सीय प्रदेश संगठन समिति निर्वाचित गरेको छ ।

कपिलबस्तुको बाणगंगास्थित सिउटी गाउँमा मंगलबार भएको एकता भेलाले निमकला पुन, बीमा भट्टराई र ईश्वरी थापालाई सहसंयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै संगठनको सदस्यहरुमा उर्मिला थापा, सुशिला आचार्य, दीपा सिटौला कमला गौतम, सुशिला मगर, हेमान्ता घिमिरे, मुक्तमाया महत्तोलगायत रहनुभएको छ ।

भेलामा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य प्रेम सुवेदीले पुरुषसत्तात्मक राज्यसत्तालाई ध्वस्त पार्नका लागि महिलाहरु एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश संयोजक श्याम बहादुर बोहोरा, केन्द्रीय सदस्य डाक्टर थारु, अखिल (क्रान्तिकारी) का दीपक बिष्टलगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।