0 COMMENTS

पुस १६, काठमाडौँ । पश्चिम नवलपरासीमा माओवादी घटकहरुले संयुक्त रुपमा सहिद पिता देवीलाल खनालको बिदाई गरेका छन् । शनिबार निधन भएका खनाललाई माओवादी घटकहरुका नेताहरुले संयुक्त रुपमा हसिँया हतौडा अंकित रातोझण्डा ओडाएर अन्तिम श्रद्धान्जली दिएका हुन् ।

सरावल गाउँपालिका–१ नयाँटोल निवासी खनाल जनयुद्धका सहिद रामप्रसाद र लक्ष्मीका पिता हुनुहुन्थ्यो । विप्लव नेकपाको पार्टी सदस्य रहेका उहाँलाई बिदाई गर्न नेकपा पोलिटब्युरो सदस्य बिनोद उपाध्याय, जिल्ला सेक्रेटरी प्रताप मिश्र क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यद्वय क्षेत्रबहादुर थापा र रवि पाण्डेय, माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादव, बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहितका बिभिन्न बामपन्थी पार्टीका नेता कार्यकर्ता त्रिवेणीधाम पुग्नुभएको थियो ।

उहाँलाई तीनवटै पार्टीका नेताहरु नेकपाका उपाध्याय, क्राकपाका थापा, माओवादी केन्द्रका यादव र जनप्रतिनिधिको तर्फबाट उप प्रमुख उपाध्यायले अन्तिम बिदाई गर्दै झण्डा ओडाउनुभयो । ‘सहिद र सहिदका परिवार भनेको साझा हुन्छ’–क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक पाण्डेले भन्नुभयो – ‘त्यसैले जनयुद्धको मर्मलाई आत्मसाथ गरेर संयुक्त रुपमा कार्यक्रम गरेका हौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।