0 COMMENTS

पुस ११, काठमाडौँ । यातायात व्यवस्था विभागले शीघ्र सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) आवश्यक पर्ने नेपाली नागरिकको आवदेन अनलाइनबाट लिने भएको छ । ​विभागले पुस १५ गतेदेखि उक्त व्यवस्था सुरु गर्न लागेको हो ।

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना तथा नेपाल प्रहरीका लागि सवारी चालक अनुमतिपत्र शीघ्र प्रिन्ट गर्न विभागको अनलाइन सवारी चालक अनुमतिपत्र प्रणालीको पोर्टलमार्फत मिति निवेदन दिन सक्नेछन् ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने, ”अर्जेन्ट सवारी चालक अनुमतिपत्र प्रिन्ट गर्नुपर्ने छ भने नेपाली नागरिकले अनलाइनमार्फत कारणसहित आवदेन दिनुपर्ने हुन्छ । यदि कारण प्रस्ट खुलेको छ भने हामी ३ दिनभित्र प्रिन्ट गरेर लाइसेन्स दिन्छौं ।”

प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाई गरी विभागको सहायता कक्षबाट वितरण हुनेछ । त्यसैले सवारी चालक अनुमतिपत्र लिन आउँदा उक्त पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट लिई विभागमा जानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।