0 COMMENTS

पुस ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज दिउँसो र राति पनि कोशी, बागमती र गण्डकीका केही भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।