0 COMMENTS

पुस ५, काठमाडाैँ । क्रान्तिकारी युवा संगठन नेपालले एनसेलको कर छलिको बिरुद्ध बिहीबार एनसेल क्षेत्रीय कार्यालय पोखरामा चेतावनी स्वरुप कालो ब्यानर टाँगेको छ ।

एनसेल कर छलिबिरुद्ध मोहन बैध ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपाल ४ नं. प्रदेश समितिले एनसेलको कर छलिको बिरुद्ध एनसेल क्षेत्रीय कार्यालय पोखरा महानगरपालिका –८ सिर्जना चोकमा चेतावनी स्वरुप कालो ब्यानर लगाएको हो ।

युवा संगठनले बिहीबार क्षेत्रीय कार्यालयमा एक ब्यानर लगाउँदै कर चुक्ता नगरे थप कारवाही अगाडि बढ्ने पनि जनाएको छ । युवा संगठनले बिहीबार देशभर सबै क्षेत्रीय कार्यालयमा कालो व्यानर टाँसिएको संगठनका प्रदेश संयोजक लोकेन्द्र राइले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।