0 COMMENTS

पुस ३, काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । समितिले अद्यावधिक गरेको मूल्य विवरण अनुसार स्थानीय काउली प्रतिकिलो २० रुपैयाँदेखि ३० रुपैयाँ रहेको छ । ज्यापु काउली ३० देखि ४० रुपैयाँ मूल्य रहेको छ । यस्तै गोलभेडा ठूलोको प्रतिकिलो ६० देखि ७० रुपैयाँ रहेको छ ।

स्थानीय सानो गोलभेडा प्रतिकिलो १२ देखि १८ रुपैयाँसम्म रहेको छ । सानो गोलभेडा टनेलको २० देखि २५ रुपैयाँ र तराईको सानो गोलभेडाको मूल्य पनि त्यति नै रहेको छ । रातो आलु प्रतिकिलो ३२ देखि ३५ र रातो आलु भारतीय २८ देखि ३० रुपैयाँ प्रतिकिलो रहेको छ । सेतो आलुको आजको बजार भाउ भने प्रतिकिलो २६ देखि २८ रुपैयाँ रहेको छ ।

भारतीय सुकेको प्याज प्रतिकिलो १४० देखि १४५ रुपैयाँ रहेको छ । स्थानीय गाजर ४० देखि ५० रुपैयाँ र स्थानीय बन्दा ३० देखि ४० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। रातो मुला १५ देखि २० र सेतो मुला (स्थानीय) ८ देखि १२ रुपैयाँ प्रतिकिलो रहेको छ ।

हाइब्रिड सेतो मुलाको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।