0 COMMENTS

मङ्सिर २४, काठमाडौँ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै आइतबारदेखि विमानस्थलमा धर्ना सुरू भएको छ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र नियमित अन्तराष्ट्रिय उडान गर्न सरकार उदासिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको अगुवाइमा धर्ना सुरू भएको हो ।

सञ्जालले गत कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेको थियो । जसअर्न्तगत शुक्रबार सञ्जालको आव्हानमा निजी क्षेत्रले भैरहवामा बिरोध र्‍याली गरेको थियो । धर्ना कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नेतृत्वमा बस्नेले विकास र समृद्धिका कुरा गरिरहँदा भैरहवामा भने निर्माण सम्पन्न भैसेकको अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गरिदिनुपर्‍यो भनेर धर्नामा बस्नुपर्ने अवस्था बिडम्बनापूर्ण भएको बताए । ‘यदि यो विमानस्थल प्रदेस सरकारको मातहतमा भएको भए अन्तर्राष्ट्रिय उडान सञ्चालन भइसक्ने थियो । संघको मातहतमा भएकाले यो समस्या आएको हो’ उनले भने, ‘यो विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको पछाडि पर्यटन व्यवसायका विभिन्न माफिया र दादागिरी नै हो ।’

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलसँग लुम्बिनी प्रदेशसँगै समग्र मुलुककै भविष्य जोडिएकाले लुम्बिनी प्रदेशका सबै जनप्रतिनीधिले आफ्नो पदको बलिदानी दिने बेला आएको उनले बताए । ‘यदि यो विमानस्थल चलेन भने हामी जनप्रतिनीधि र सरकारमा मन्त्री बनेर बस्नुको कुनै औचित्य हुँदैन’ उनले भने । लुम्बिनी प्रदेश सभा सदस्य बसिउद्धिन खानले लुम्बिनी प्रदेसको सम्पूर्ण प्रदेस सभा सदस्यको तर्फबाट धर्नामा आफ्नो उपस्थिति रहेको र आवश्यक परेमा हजारौं जनता धर्ना कार्यक्रममा उतार्ने बताए । सिद्धार्थनगर नपा–४ का वडाअध्यक्ष मुक्तिनाथ यादवले विमानस्थल निर्माणका लागि सयौं स्थानीय बासिन्दाले आफ्नो सम्पूर्ण घरखेत समेत दिएर बेघरबार बनेको बताए ।

उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेसका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले विमानस्थल निर्माणमा अर्बौं लगानी गरेको सरकारले नीजि क्षेत्रलाई पर्यटन विकासका लागि पूर्वाधार बनाउन भनेर पहिला उक्साउने र अहिले पछार्ने काम गरेको आरोप लगाए । सञ्जालको चरणबद्ध आन्दोलन कार्यक्रम अर्न्तगत आइतबारदेखि सुरु भएको धर्ना अर्को निर्णय नहुञ्जेल सम्मकालागि निरन्तर रहने जानकारी दिए । उनका अनुसार, दैनिक २ घण्टाका दरले धर्ना कार्यक्रम विमानस्थल परिसरमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।