मङ्सिर २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १६८ रुपैयाँ २७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।