0 COMMENTS

मङ्सिर २१, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक हप्तासम्म मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ । बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा आउँदो २७ गतेसम्मका लागि यो नियम लागू भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले  जनाएको छ ।

कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उक्त्त सूचनामा भानिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।