0 COMMENTS

मङ्सिर २१, काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । एनसेलको ८० प्रतिशत हिस्सा ओगटेको कम्पनीको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको हो ।

सरकारको प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिइन् । समितिमा सचिव फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।