0 COMMENTS

मङ्सिर १७, काठमाडौँ । निर्वाचन आयोगबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि माघ २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यसैगरी पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । मनोनयन दर्ताको समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म रहने  निर्वाचन आयोगले  जनाएको छ ।

पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । पुस २८ गते उम्मेदवारलाई  निर्वाचन चिन्ह उपलब्ध गराउने निर्वाचन आयोगले जनाएको छ । माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुनेछ । मतदान कार्यक्रम सम्पन्न भएपछि सोही दिनमै मतगणना हुनेछ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न नपाउने पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा तीनमामा भएको व्यवस्था अनुसार सोही दफाको उपदफा एकको प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।