0 COMMENTS

मङ्सिर १६, काठमाडौँ । नेकपा (एमाले) दैलेख जिल्ला कमिटी सदस्य बखतबहादुर विसीले पार्टी परित्याग गरि कमरेड किरणले नेतृत्व गर्नु भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको बताएका छन् । बिहीबार विसीले प्रेस विज्ञप्ति जारि गर्दै एमाले पार्टी परित्याग गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको बताएका हुन् ।

विसीले भने एमाले पार्टी जनताप्रति उत्तरदायी नभएको, एकाधिकार दलाल संसदीय व्यवस्थाको संरक्षक भएको र कम्युनिस्ट नीति सिद्धान्तबाट च्यूत भएको बताएका छन् । साथै नेकपा एमाले दैलेखमा रहनुभएका बुद्धिजीवी, वामपन्थी, देशभक्तलगायत सम्पूर्ण शुभचिन्तकहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा संगठित हुन पनि उनले अनुरोध गरेका छन् ।

नेता बखतबहादुर वि.सी.लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष किरणले बिहीबार पार्टी कार्यालय कुपन्डाेलमा प्रवेश गराएका हुन् ।

प्रेस विज्ञप्तिमा भनिएकाे छ, ‘म नेकपा एमाले दैलेख जिल्ला कमिटि सदस्यको जिम्मेवारी लिई निरन्तर काम गर्दै आएको कुरा सबैमा सर्ववित्ततै छ । यो पार्टी जनताप्रति उत्तरदायी नभएको, एकाधिकार दलाल संसदीय व्यवस्थाको संरक्षक भएको र कम्युनिस्ट नीति सिद्धान्तबाट च्यूत भएको करा आम जनसमुदायलाई घाम जस्तै छर्लङग छ । दलाल संसदीय व्यवस्थाबाट जनताको मुक्ति संम्भव नहुने भएकोले आज २०८० साल मंसिर १४ गतेका दिन देखि नेकपा एमाले पार्टी परित्याग गरि कमरेड किरणले नेतृत्व गर्नु भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आवद्ध भएको सबैमा जानकारी गराउन चाहन्छु । साथै नेकपा एमाले दैलेखमा रहनुभएका बुद्धिजीवी, वामपन्थी, देशभक्तलगायत सम्पूर्ण शुभचिन्तकहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा संगठित हुन हार्दिक अनुरोध गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।