0 COMMENTS

मङ्सिर १५, काठमाडौँ । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै राख्ने आदेश दिएको हो ।

ठगी, लिखत, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा खेपिरहेका २२ जना प्रतिवादीमध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग ३० लाख रुपैयाँ धरौटी माग गरिए पनि उनी तत्काल रिहा नहुने भएका छन् । उनको हकमा दुई न्यायाधीशबीचको राय बाझिएपछि तेस्रो न्यायाधीशले धरौटीमा रिहा गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछन् । तर, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलगायत भने थुनामै रहने भएका छन् ।

अन्य प्रतिवादीको हकमा भने धरौटी मागदेखि साधारण तारेखमा रिहासम्मको आदेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।